६ भदौ २०८३, शनिबार | August 22, 2026

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीषस्थानमा उक्लन सफल भएका छन्।

डिफेन्डिङ च्याम्पियन सदभावले आज १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन। १-अन्डर ६७ सहित समग्रमा २-अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए।

पुर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अन्डर ३५ को नतिजामा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। रविले आज २-अन्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सकाए।

२-अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन-पार १ सय ३६ सहित पाँचौ स्थानमा रहेका छन। समग्रमा २-ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे। जयरामले १-अन्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सकाए। ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे।

यसैगरी ३-ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं‌ स्थानमा रहे। सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अन्डर ६५ मा खेल सकाए। दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६-ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन। दुवैले आज ३-ओभर ७१ को स्कोर बनाए। उनीहरू लिडर सदभाव भन्दा ९ स्ट्रोकले पछि रहेका छन।

३६ होलको समाप्तीमा १९-ओभर १ सय ५५ सम्म‌ स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन। कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे।

उपाधि रक्षा गर्ने कोशिसमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। तर पाँचौँ होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे। सदभावले ब्याक नाइन भने २-अन्डर ३२ मा पुरा गरे। ५-पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे। १४ औं होलमा भने एक सट खेर फाले।

धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर मा सकाए। यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन-पार ३४ को स्कोर निकाले।

दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ५४ बजे

पत्रकार महासङ्घ रुपन्देहीद्धारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको