१५ बैशाख २०८१, शनिबार | April 27, 2024

गिद्ध बासस्थान महोत्तरीको राई मण्डल यसरी बनाउन सक्छ पर्यटन केन्द्र



महोत्तरी । नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र ‘जटायु रेष्टुरेन्ट’ संचालनमा छ ।  पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै  १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त  रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ ।

जसले गर्दा एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पंक्षीको संरक्षण भएको छ भने अर्कोतिर महत्वपूर्ण पर्यटन केंन्द्रको रुपमा विकास हुदा स्थानीयहरुको आयआर्जनमा समेत वृद्धि भएको छ ।

तर महोत्तरीको उत्तरी क्षेत्र राईमंडल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमंडल डाडामा प्राकृतिक बासस्थान बनाएका हजारौ गिद्धहरु आहाराको छटपट्टीमा रहेका छन् भने जंगल क्षेत्रमा फ्याकिएका विषाक्त मृत जनावरहरु खादा मर्ने क्रम समेत बढेको स्थानीयहरू बताउछन । राईमंडल डाडाको सेतो भिरमा अहिलेपनि जुनसुकै समयमा सयौ गिद्धहरु देख्न सकिन्छ अझ विहानको समयमा त आकाशभरी हजारौ गिद्धहरु  देख्न सकिने स्थानीय बासिन्दा बल बहादुरको भनाई छ ।

‘दुई देखी तिन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन ।’ उनले भने  । ‘विशेषगरी सेतो भिर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’

जंगल क्षेत्र सिन्धुली-बर्दिवास सडक खण्डमा कहिलेकाँही मरेको गाई-भैसी फ्याक्दा आहारको लागी बाक्लै  संख्यामा जम्मा भएतापनि फरक-फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुदै गएको स्थानीय बासिन्दाको भनाई छ । ‘हामि कुन जाति हो भन्ने त चिन्दैनौ तर याँहा ४ देखि ५ थरिका गिद्ध देख्न सकिन्छ ।’ स्थानीय विजय पोखरेलले भने । ‘यस्को उचित संरक्षण भएन भने कुनैपनि गिद्ध हाम्रा पाखामा देख्न नसकिने अवस्था बन्दै गएको छ ।’

अध्ययनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ ।  राईमंडलका स्थानियहरुले वताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरिका गिद्ध देखिन्छन जुन फरकफरक रुपरंगका छन् ।

महोत्तरीका पुराना पत्रकार रविन्द्र उप्रेती वास्तव मै महोत्तरीको उत्तरी क्षेत्र गिद्धहरुको ठुलो बासस्थान भएको वताउछन । सरकारले गिद्ध सरक्षणको लागी ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल (सन् २०१५-२०१९)’ भन्ने कार्यक्रम लागु गर्दैदेखी यहाको विषयमा कलम चलाएको स्मरण गर्दै त्यतिवेलाको संख्या अहिले निक्कै कम भएको पत्रकार उप्रेतीको भनाइ छ । ‘पहिले त पुरा आकाश नै गिद्धले ढाकेका हुन्थे ।’ उन्ले भने ।

पशु उपचारमा डाइक्लोफेनेकको पहिले-पहिले व्यापक प्रयोग हुनु र नासिनु, उचित हेरचाहको अभावमा स्तान्तरण हुनु जस्ता कारणले बर्दिवासको आकाशमा पहिलेजस्तो गिद्धको संख्या कम हुदै गएको उनको तर्क छ ।

अहिलेको अवस्थामा पनि स्थानीय सरकारले गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केंद्रकोरुपमा विकास गर्न सकिने कतिपयको सुझाव छ । उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु बहादुर खडकाले राईमंडल आकाशमा देखिने गिद्ध र बासस्थानलाई सुरक्षित गर्न नवलपरासीको जस्तै जटायु रेष्टुरेन्ट खोल्न सकिने आधार देखिएको बताए । त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले गिद्ध हेर्नको लागी स्थलगत अनुगमन नै गरेको बताउदै वास्तवमा नै उक्त स्थललाई चराचुरुङ्गीहरुसँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकिने महत्वपूर्ण आधार रहेको र यस्को लागी स्थानीय सरकारले तत्काल नै नेतृत्व गर्नुपर्ने  बताउँछन ।

अहिले चरीचरणका लागी स्थानीयहरुले जंगलमा छाडेका पशुचौपायालाई वन्यजन्तुले कहिलेकाँही मार्ने र त्यसैलाई उनीहरुले आहार बनाउने हुदा बासस्थान समेत यतै बनाएको स्थानीय राजन मगर बुझाइ छ । ‘बडो रमाइलो लाग्नेगरी आकाशभरी गिद्ध घुम्दा मन नै उत्साहित हुन्छ, एकैछिन भएपनि सारा थकान मेटिन्छ ।’ उनि खुसी हुदै भन्छन ।

तर सरोकारवाला निकायले ध्यान नदिदा गिद्ध कै कारण मनोरम बनेको राईमंडलको अस्तित्व नै समाप्त हुने त हैन भन्ने स्थानीयहरुमा चिन्ता थपिएको छ । ‘कतिपय मानिस त बाहिरबाट समेत गिद्ध हेर्न कै लागी राईमंडल आउने गर्दछन जसले यो ठाँउको महत्वलाई अनौपचारिकरुपमा प्रचारप्रसार भईरहेको छ ।’ बर्दिवास-३ का रमेश खत्रीले भने । ‘स्थानीय सरकारले यस्मा भूमिका खेलिदिनु पर्ने देखिन्छ ।’

स्थानीय पत्रकारहरुले स्थानीय र मुलधारका मिडियावाट समाचार सम्प्रेषण गरेपछी यो ठाँउको चर्चा बढ्दै गएको देखिएको छ । यसैको परिणामस्वरुप विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले राईमंडल डाडामा पदयात्रा नै आयोजना गरेका छन् । उधोग वाणिज्य संघ बर्दिवासको टिम यस क्षेत्रमा भएका सम्भावनाहरुलाई लिएर संघिय मन्त्रालयमा डेलिगेसन नै गएका थियो । गिद्ध लगायत राइमंडलको पर्यटकीय सम्भावनाहरुको सम्भाव्यता अध्यन गर्न मन्त्रालयवाट केहीदिन भित्रै विज्ञ टोली नै पठाउने आस्वासन भएको संघका अध्यक्ष खड्काले जानकारी दिए ।

अहिले पछिल्लो समय पशुचौपायाको उपचारमा प्रयोग हुदै आएको एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा प्रचलनमा देखिएका छन्  यी औषधि पनि गिद्धका निम्ति केही मात्रामा हानिकारक नै भएको विज्ञहरु बताउछन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : १७ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया