१६ भदौ २०८३, मंगलबार | September 1, 2026

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव



नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् ।

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् । “दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने”, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भने, “मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छे यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु ।”

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको रु छ सय २५ तिरेर किनेको बताए । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उनको भनाइ छ । त्यसैगरी राजापुर नगरपालिका–९ इश्वरीगञ्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगञ्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताए ।

अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । “दैनिक ४० देखि ५० जना नयाँ बिरामी आउँछन्, त्यति नै सङ्ख्यामा पुराना बिरामी पनि आउँछन, दैनिक सयभन्दा बढी कुकुरले टोकेका बिरामी यहाँ आउँछन्” भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीले भने, “अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्छौँ ।”

उनका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ । कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उनले बताए । अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ३२ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त