१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आज साँझ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा ‘महाकमेडी विथ महाजात्रा’ को लाइभ शो हुँदै



बुटवल । बुटवलमा आज साँझ ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम हुने भएको छ । बुटवल-११ रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज साँझ ६ बजेदेखि चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यियन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ आयोजना गरेका हुन् ।

फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षत्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक बिशाल भण्डारीले बताए । ‘कमेडी क्लब विथ च्याम्पियन गर्दाखेरी काठमाडौं बाहिरका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्ने इच्छा देखाएका कारण यो कार्यक्रम गर्दैछौँ’, उनले भने ।

महाजात्राका कलाकारहरु राजाराम पौडेलसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का लगायत बुटवलमा बुधबार साँझ ६ बजेदेखि हुने कार्यक्रममा सहभागी हुनेछन् । निर्माणको तयारीमा रहेको कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्यिन’का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती रहनेछ ।

टेलिभिजनमा प्रसारण हुने कार्यक्रमकै फर्म्याटमा सो हुने निर्देशक भण्डारीले बताए। महाजात्राको कुराकानीसँगै कलाकारको रोस्ट रहने उनले बताए । पोखराबाट सुरु भएको ‘महाकमेडी विथ महाजात्रा’ बुटवलपछि २५ गते धनगढीमा हुनेछ । फागुन ३० गते बिर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा ‘महाकमेडी विथ महाजात्रा’ टोली जानेछ । कार्यक्रममा सहभागी हुनका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ४१ बजे

सुरु भयो तेस्रो लगानी सम्मेलन

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा