१५ असार २०८३, सोमबार | June 29, 2026

सूर्य नेपाल च्यालेन्ज : सदभाव शीर्षस्थानमा कायमै, प्रो रवि ३ स्ट्रोकले पछि



काठमाडौं । एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रता सहित शीषस्थानमा कायमै रहन सफल भएका छन।

रोयल नेपाल गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन युवा गल्फर सदभावले ४-अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १ सय ९७ सहित पुर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे। रविले आज ३-अन्डर ६५ स्कोर दर्ज गरे। उनी समग्रमा ४-अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिए।

भुवन नगरकोटीले आज दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५-अन्डर ६३ स्कोर गरे। समग्रमा ३-अन्डर २ सय १ सहित तेस्रो स्थानमा उक्लिए। धन बहादुर थापाले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा २-अन्डर २ सय २ सहित चौथो स्थानमा झरे।

भेट्रान प्रो दीपक मगरले ३-अन्डर ६५ मा तेस्रो दिनको खेल सकाए। उनी समग्रमा इभन-पार २ सय ४ को नतिजामा पाँचौ स्थानमा उक्लिए। समग्रमा २-ओभर २ सय ६ सहित सञ्जय लामा छैटौं स्थानमा छन। उनले आज १-अन्डर ६७ मा खेल सकाए।

आज ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-ओभर २ सय ७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिए। एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४-ओभर २ सय ८ सहित आठौं स्थानमा छन। टासीले आज २-अन्डर ६६ मा खेल सकाए। उनी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन। पहिलो दिनका लिडर रामेले आज ५-ओभर ७३ को खराब प्रदर्शन गरे।

समग्रमा ५-ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे। भुवनले ४-अन्डर ६४, जयरामले ३-ओभर ७१ र दिनेशले ५-ओभर ७३ मा खेल सकाए।

उपाधि रक्षा गर्ने दाउमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको‌ सफलता सहित सदभावले ब्याक नाइन २-अन्डर ३२ मा नै पुरा गरे। अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेश्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन।

रविले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले।

भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए‌। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र १७औं होलमा पनि एक(एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरे।

धनले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन १-ओभर ३५ मा‌ पुरा गरे। उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक(एक सट खेर फाले।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ। कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन। यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ५३ बजे

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ