३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक : के के भयो निर्णय ?



काठमाडौं ।नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छिन् ।

मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालका शुभकामना दिएका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : २१ बजे

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको