११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु



देपदह । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० शुरु भएको छ । देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका कराते खेलाडीको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले एतिहासिक, पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट समृद्धिको दिशामा लैजाने गरि नगरपालिकाले काम गरिरहेको बताए ।

खेललाई मनोरञ्जन र स्वास्थ्य सङ्गै व्यवसायीक ढंगले समेत खेलकुदका गतिविधिहरु संचालन गर्नुपर्नेमा नगर प्रमुख खरेलको जोड दिएका थिए । उनले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताए । उनले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको साररिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।

सोही अवसरमा बोल्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, माओवादी केन्द्रका निर्मल जिसी, नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगाएतले बोल्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

प्रतियोगितामा करिब ३०० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक मोहन जिसीले जानकारी दिए ।

नेपाल वादरियो कराँते डो संघका केन्द्रीय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको अध्यक्षतामा भएको कार्यक्रम कराते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : १० बजे

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला । जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ