१६ बैशाख २०८१, आइतबार | April 28, 2024

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने



काठमाडौं । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् ।
अष्ट्रेलियन पर्वतारोही पेपरले आज काठमाडांैंमा पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन। उनले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताइन ।
“मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु”, पेपरले भनिन । उनले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन् । पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गरेकी थिइन ।
पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छिन् ।
ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिलासमेत हुन् । विश्वमा हालसम्म छ जना आरोहीले मात्र बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ३ : ३३ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना