१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

अति बिपन्न मुस्लिम परिवारलाई रमजान अवधिका लागि खाद्यान्न



नेपालगन्ज । ईस्लाम धर्मावलम्बीहरुको रमजान पर्व नजिकिदै जाँदा नेपालगन्जमा मुस्लिम समुदायका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ।

कतार च्यारिटीको सहयोग र साझेदारीमा शनिवार र आईतवार बाँके युनेस्को क्लबले ३ सय २० घरपरिवारलाई सो सामाग्री बितरण गरेको हो।

शनिवार १ सय ६० तथा आईतवार १ सय ६० गरि कुल ३ सय २० जनालाई खाद्यान्न सामाग्री बितरण गरिएको थियो। उनीहरुलाई लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना र कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब सईद अल्मर्रीले सो सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

मुस्लिम समुदायको केही दिनपछी शुरु हुने रमजानमा रोजा बस्ने अति विपन्न परिवारलाई खानेकुराको अभाव नहोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले बताए ।

सो अवसरमा बोल्दै निवर्तमान सहरी विकास मन्त्री केसीले रोजाको मुखमा आएर अतिविपन्न परिवारको छनोट गरेर खाद्यान्न वितरण गर्नु प्रसंशनीय काम भएको बताईन्। बाँके बर्दियाका विभिन्न स्थानमा बसोबास गर्ने अति बिपन्न बर्गको उत्थानका लागि युनेस्को क्लबले संचालन गरेको कामको प्रशंसा गर्दै निबर्तमान मन्त्री केसीले आगामी दिनमा थप कार्यक्रमहरु संचालन गर्न आग्रह गरिन्।

कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर अल्मर्रीले बाँकेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको धारणा राखे। उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई कतार च्यारिटीले निरन्तरता दिने प्रतिबद्धता जनाए।

वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनी, एक केजी नुन र एक किलो सेवई गरेर ४ हजार २ सय ३८ रुपियाँको सामाग्री रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कतार च्यारिटीका राष्ट्रिय निर्देशक मोहम्मद वकास लगायतले वितरण गरिएको खाद्यान्नले विपन्न परिवारलाई रमजान मनाउन ठुलो मद्दत पुग्ने धारणा राखे।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १० : १३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले