३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ४५ बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम