६ भदौ २०८३, शनिबार | August 22, 2026

त्रिकोणात्मक टी-२० आई सिरिज : पीएनजीलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं । काठमाडौं । ह्ङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी पीएनजीलाई पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको छ ।

हङकङको मोङ कोक मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो ।

यो जितसँगै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनल प्रवेश गरेको छ । सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन् । आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए । जितसँगै तीन अंक बनाउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । १९९ रनको लक्ष्य पछ्याएको पिएनजीलाई नेपालले १६ ओभर १ बलमा ११३ रनमै समेटेको हो ।

नेपालको जितका लागि कुशल भुर्तेलले मात्र १२ रन दिएर चार ओभरमा ४ विकेट लिए । प्रतिश जिसीले २ विकेट लिए । गुल्सन झा र आकाश चन्दले एकएक विकेट लिए ।

पपुवा न्युगिनीका हिरी हिरीले १९ बल खेल्दै सर्वाधिक २८ रन बनाए । सेसे बाउले २१ रन बनाउँदा टोनी उरा १३ रनमा आउट भए । अन्य ब्याट्सम्यान नेपाली बलरसामु टिक्न सकेनन् ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाए । भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए। जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए ।

नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकेस बमले ६ बलमा १४ रन बनाए । विवेक यादव चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बलमा १५ रन बनाए । चार बल खेलका कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए ।पिएनजीका असाद भालाले २ विकेट लिँदा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १-१ विकेट लिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : २९ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज