१६ बैशाख २०८१, आइतबार | April 28, 2024

दिदीबहिनीको माया हो फिल्म ‘उपहार’



काठमाडौं । अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार । संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ । कुनै न कुनै उपाय अनिवार्य छ । सहरमा रहर छन्, महल छन् । सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन् । तर, माया गाढा छ ।

रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा । अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन्। पूजा छविलाई पैसा थुत्ने मनसायमा हुन्छिन् । छवि ‘प्ले ब्वाई’ कथामा छन् । छवि जति पनि खर्च गर्न तयार । यो समाज यस्तै छ, यौन जीवन आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, औंला तेर्सिन्छ ।

फिल्ममा गरिबी जीवनबाट हुर्किएकी पूजा शर्माले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा मस्किँदैमा ज्यान नसुम्पिएको दर्शाएकी छिन् । भन्नुको मतलव पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन् ।

अपार्टमेन्टमा रेखा थापा, बेनिशा, पूजालगायत बस्छन्, त्यहाँ बिलासिताको मस्ती देखाइएको छ । मस्तीपछिको तनावहरू पनि उत्तिकै । हरदम रेखाले त्यहाँ आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन् । माया गर्छिन् । मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देबकोटाको कविताको भन्दा अझ यथार्थपरक भूमिका निभाएकी छिन् भन्दा फरक पर्दैन ।

तर, निर्देशक ज्ञानेन्द्र देउजाले फरकपन दिएका छन् । मदन ल्हासाबाट फर्किँदा मुना मरिसकेकी हुन्छिन्, तर त्यहाँ मदन विदेशबाट घर अपाङ्ग भएर फर्किँदा मुनाले हेरविचार गर्दा मरेको कथा देखाइको छ । यो चलचित्र टिमको खुबी हो, कथा आफैं बनाउने हो । नत्र मुना-मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो ।

काठमाडौंमा बाटो-बाटोमा चिया बेच्दै गरेकी रेखासँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकन । चिया खाँदै गरेका मुकुनको विस्तारै-विस्तारै रेखासँग चियारंग भन्दा गाढा माया हुन्छ । ट्याक्सी चालक मदनले रेखालाई चिया हाउस खोल्न सुझाव दिन्छन् । त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन् मदनले । चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुन्डाहरूको उपस्थिति रहन्छ ।

उनीहरू भन्छन्, चिया पसल नि हामी समाल्छौं, तिम्रो मुना पनि ।

त्यहाँ झगडा हुन्छ । रेखा छ महिनाकी गर्भवती हुँदा पनि उनको एक्सन फाइट हेर्न लायकको छ । चलचित्र उपहार दिएकी रेखाको जोखिमलाई जति तारिफ गरे पनि साध्य छैन । त्यहाँ मदनको गाडी जलाइन्छ, गुन्डाहरूबाट । मदन रुन्छन् – मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने ?

रेखा भन्छिन्- हारेको छैनौं, मरेको छैनौं, म छु नि ।

मदन विदेश जान्छन्, रेखाले लक्ष्मण रेखा तोड्दिनन् । पूजा, बेनिशाको मोजमस्ती लफडा त छँदैछ । सडकमा चिया पसल खोलेकी मुना (रेखा) भव्य महलमा चिया पसल खोल्छिन् । व्यापार पनि राम्रो चल्छ । अरूको लफडा समस्या मिलाँउदै फिल्म चलिरहकै हुन्छ । मुकुन अर्थात् मदन रेखाको श्रीमान् सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ ।

लामो समयपछि आफ्नो श्रीमान् विदेशबाट फर्किँदा कसलाई खुसी मिल्दैन र ? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी रेखा छाँगाबाट खस्छिन् । जब मदन अपाङ्गता भएर स्वदेश फर्किन्छन् ।

उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन्, बिहे त भएको छैन किड्नी ट्रान्सप्लान्टको लागि आधिकारिताको लागि बिहे पनि गर्छिन् ।

रेखाको माया छ साकार भयो। तर कालो बादल छाँउछ, उनको भव्य चिया पसलमा । जब महानगरको डोजर चल्छ ।

रेखाले थ्री इडियट फिल्ममा अमिर खानले साथीलाई बचाए शैलीमा बचाएकी हुन्छिन् मदनलाई । निको हुँदै गर्दा बिहे गर्ने तयारी हुन्छ मुना-मदनको । पोसाक पनि तयार, रेखा मुकुन पनि तयार । चिया पसल देखेर मख्ख परेका मुकुनलाई के थाहा, रेखाले ऋणपान आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर आफ्नो उपचार गरेको ।

बिहेकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ । घर धनीले नक्सा पास नगरी नियम मिचेर जग्गा हडपेर महल बनाएको भनेर। रेखा प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ ।

महानगर भन्छ- नियमविपरीत यस्तो गर्न पाइँदैन ।

रेखाको के गल्ती घरधनीलाई घोक्रेठ्याक लगाइन्छ । बैंकबाट कालोसूचीको सूचना, त्यो लफडा टिभीमा देखाइको छ । जो मुकुनले हेरिरहेका हुन्छन् । त्यो अस्पष्ट पीडा देखेर उनी आत्महत्या गर्छन् ।

बिहेको लागि, आफ्नो ज्यान-मुटु दिन तयार रेखाले शौचालयमा मदनलाई मृत देख्दा पागल हुन्छिन् । मदनको मृत्यु चिया पसलको बोझ, ऋणले बौलाएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस छ । चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी ।

साँच्चै दिदी-बहिनीहरूको फिल्म हो उपहार । बेनिशा वकिल हुन्, पूजाको चलचित्र क्यारेक्टरमाथि नै उल्लेख छ । छविले मोजमस्तीका नाममा तथानाम हवी बनाएका, अपार्टमेन्ट मोजमस्ती र हर्कतले निकालिएका पूजा-बेनिशा अन्तिममा रेखाकै आडभरोसा बन्छन् ।

छविले मोजमस्तीको नाममा उडाएर श्रीमतीलाई डुबाउन् । त्यो चियापसल घर संयोगवश छविकै श्रीमतीको नाममा आउँछ । छविको हर्कत थाहा पाएकी उनले रेखाको लागि सार्थकता देखाउँछिन् । श्रीमानको वियोगमा डुबेकी रेखालाई दिदीले देखाएको माया, सम्मान, संरक्षण सम्झिएर जिउने हौसला दिन्छिन् । छविको कृष्ण चरित्रबाट आजित श्रीमतीले त्यो घर सम्पत्ति रेखाकै नाममा पास गर्दिन्छिन् ।

वास्तवमा फिल्म एकदमै राम्रो छ । खोट देखाउने जिम्मा चलचित्र हेरेपछि । वास्तविकतामा साँच्चै सडकबाट सदनसम्मको आवाज बोलेको छ उपहारले । स्वदेशमै केही गर्न सकिन्छ भन्छ उपहारले । हौसला बोकेको छ, उपहारले। साँच्चै अनेकन बाधा, समस्या, उल्झन हुँदा पनि दिदी-बहिनीको माया केहो देखाएको छ उपहारले ।

चलचित्रको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा राम्रो चलचित्र ‘उपहार’ बनेको दर्शकलाई आभास हुन्छ । व्यावसायिक चलचित्रहरूमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखा थापाको यो चलचित्र झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउँछन् ।

चलचित्रले मध्यान्तरअघि भरपुर मनोरञ्जन दिन्छ । अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फरक-फरक चरित्रमार्फत् नोकझोंक र झगडा चलचित्रलाई मनोरञ्जनात्मक बनाएको छ । चलचित्रमा उनीहरूको हर्कत हेर्नलायक छ । हलमा पुगेका दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको उपहार कस्तो छ, हेर्न आवश्यक छ ।

चलचित्रमा अञ्जु पन्त, एलिना चौहान,समिक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मीठो स्वर दिएका छन् । अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन् । चलचित्रमा ‘वा वा वा’, ‘कहिले बार बिर्सन्छु’ जस्ता गीतले चलचित्रलाई जीवन्त बनाउन सहयोग गरेको छ । कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन । मित्रदेव गुरुङको चलचित्रको सम्पादन कला औसत छ । चलचित्रमा विष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ४ : ५१ बजे

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको