२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने : उपसभापति वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पारे ।

रास्वपाले सरकारमा बसेर सुशासन र सेवा प्रवाह गर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले त्यो काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिने पनि स्पष्ट गरे । साथै उनले जोखिम लिएरै आफूहरुले वर्तमान गठबन्धन सरकारलाई साथ दिएको हुनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : २० बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ