१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । उपसभापति पदका अर्का दाबेदार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने क्रममा उपसभापतिमा वाग्लेको निर्विरोध चयनलाई रास्वपाभित्रको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको रास्वपाको पहिलो महाधिवेशन भने विभिन्न प्रक्रियागत कारणले छैटौं दिनसम्म लम्बिएको छ । बिहीबार केन्द्रीय सदस्य निर्वाचनको नतिजा सार्वजनिक भए पनि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक हुन बाँकी रहेको छ ।

महाधिवेशनमा केही असन्तुष्टि र विवाद देखिए पनि नेतृत्व चयनको प्रक्रिया भने निरन्तर अघि बढिरहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ५४ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका