१२ असार २०८३, शुक्रबार | June 26, 2026

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । उपसभापति पदका अर्का दाबेदार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने क्रममा उपसभापतिमा वाग्लेको निर्विरोध चयनलाई रास्वपाभित्रको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको रास्वपाको पहिलो महाधिवेशन भने विभिन्न प्रक्रियागत कारणले छैटौं दिनसम्म लम्बिएको छ । बिहीबार केन्द्रीय सदस्य निर्वाचनको नतिजा सार्वजनिक भए पनि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक हुन बाँकी रहेको छ ।

महाधिवेशनमा केही असन्तुष्टि र विवाद देखिए पनि नेतृत्व चयनको प्रक्रिया भने निरन्तर अघि बढिरहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ७ : ५४ बजे

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी