२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन : एमाले उपाध्यक्ष ज्ञवाली



तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो गठबन्धन बीचमा नटुट्ने बताएका हुन् । “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन”, उनले भने, “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने उनले बताए । एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उनको भनाइ छ । देशको आवश्यकतानुसार यो मोर्चा बनेकोसमेत उनले बताए । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

मुलुकमा अब दुई विचारधाराबीच नै प्रतिस्पर्धा हुनेसमेत ज्ञवालीको भनाइ छ । उनका अनुसार अब पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ । उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृतिकरूपमा क्रान्ति हुनु आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : २८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री