२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु



सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उहाँको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : ०१ बजे

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास

दर्शन कल्याण ठकुरी समाजको बृहत निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० बढीको उपचार

तिलोत्तमा । दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको आयोजना तथा देवदह

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ