८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

ग्रील व्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त



काठमाडौ । ग्रील व्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ग्रील व्यवसायमा पछिल्लो समय व्यवासयजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए ।

ग्रील तथा स्टील व्यवसाय सघ काठमाडौ कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिममा उनीहरुले सुरक्षा र स्वास्थ्य सम्वन्धी जानकारी दिनुपर्ने खाँंचो औंल्याए ।

नेपाल घरेलु तथा साना उध्योग महासघका उपाध्यक्ष एवं ग्रील तथा स्टील व्यवसाय महासघका पूर्व केन्द्रिय अध्यक्ष मोहन कटुवालले ग्रील व्यवासयअन्य ब्यवसायभन्दा बढी जोखिम भएको बताए । यसकारण यस्ता तालिम प्रदान गरी दुर्घटना न्युनीकरणमा मद्धत पुग्ने बताए ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख अर्जुन सापकोटाले ग्रील ब्यवसायलाई ब्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि ग्रील ब्यवसाय क्षेत्रमा स्वास्थ शिबिर र अभिमुखीकरण तालिम आयोजना गर्ने उनले बताए ।

आयोजक महासघका उपाध्यक्ष समसुदिन शेखले बाताबरणमैत्री उद्योग सन्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए । कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीलगायतले तालिम ग्रील ब्यवसायिको लागि अति नै उपयोगी रहेकोले यसलाई निरंतरता दिन आग्रह गरे । काठमाडौ जिल्लाभित्र रहेका जिल्ला, क्षेत्र र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य, ग्रील ब्यवसायी र श्रमिकको तालिममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : २९ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार