१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम



बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ ।

निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको काम सम्पन्न भएको हो ।
कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भुपेन्द्रकुमार यादवले हेटौँडा अस्पतालको भवन निर्माणकार्य सम्पन्न भई हस्तान्तरणका क्रममा रहेको जानकारी दिए गत २०८१ असार मसान्तसम्म समयावधि भए पनि अस्पतालले जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा केही बढी समय लागेको उनले बताए ।
उक्त कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन निर्माणको काम आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भइसकेको छ ।
यस्तै, प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । हाल उक्त भवनमा जेनजी आन्दोलनपश्चात् बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा छ ।
चितवनको भरतपुर महानगरपालिका–२२ स्थित कमलपोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम पनि सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए। उनकाअनुसार हेटौँडाको रातमाटे पावरहाउस चौक कमाने–भोर्ले सडकमा ढलानको काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : २९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव