११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको चुनावी सभा पनि स्थगित गरेको छ। यसअघि फागुन ९ गते भैरहवामा तय गरिएको सभा पनि स्थगित गरिएको थियो।

रास्वपाले फागुन १० गते पोखरामा आयोजना गर्ने कार्यक्रम हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।

“राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १० (पोखरा) मा आयोजना गरिएको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ,” रावलले विज्ञप्तिमार्फत भनेकी छन्।

पार्टीले सभा स्थगनको स्पष्ट कारण भने खुलाएको छैन। तर पछिल्ला दिनहरूमा विभिन्न स्थानमा देखिएका राजनीतिक तनावबीच कार्यक्रम स्थगन गरिएको हो कि भन्ने चर्चा सुरु भएको छ।

यसैबीच, दाङमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको तथा अछाममा नेकपाको चुनावी सभा विथोल्न प्रयास गरेको घटनाप्रति एमाले र नेकपाले आपत्ति जनाएका छन्। दुवै दलले यस्ता गतिविधि तत्काल नरोकिए प्रतिकार गर्ने चेतावनी दिएका छन्।

निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच आरोप–प्रत्यारोप र तनाव बढिरहेका बेला रास्वपाले लगातार दुई स्थानका सभा स्थगित गरेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १२ : ५८ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र