६ भदौ २०८३, शनिबार | August 23, 2026

बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जनाको धम्मयात्रा शुरु



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार र आईतबार दुई दिनसम्म हुनेछ ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा शुरुवात गराएका हुन् । लुम्बिनीबाट शुरु भएको धम्मयात्रा शनिबार भैरहवामा र आईतबार नवलपरासीको रामग्राममा गरिनेछ ।

लुम्बिनीमा धार्मिक गतिविधि बढ्दो रहेको उल्लेख गर्दै धार्मिक गतिबिधिले बुद्धशिक्षालाई प्रवद्र्धन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताए । उनले धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउने विश्वास ब्यक्त गरे ।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराईएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिने र समुदायतहसम्म बौद्ध शिक्षालाई पु¥याउने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्म संगै प्रस्थान गर्नु हो । फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रवज्या गराई पहेँलो चीवर प्रदान गरेका हुन ।

लुम्बिनीमा भएको १२५० जनाको प्रवज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताईन । उनले धम्मयात्राले बुद्धजन्मस्थलको प्रचार प्रसारसँगै बौद्ध गतिविधिलाई प्रवद्र्धन गर्ने बताइन् । फागुन १६ गतेदेखि शुरु भएको प्रवज्या चैत ८ गते सकिनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १२ : २० बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र