६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताएका छन् ।

रौतहट–काठमाडौं सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए ।

कांग्रेससँग प्रतिस्पर्धा, सङ्घर्ष र कहिलेकाहीँ सहकार्य पनि हुने बताउँदै अध्यक्ष नेपालले भने, “सङ्घर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीलाई अस्वीकार र बेवास्ता गर्ने शक्तिप्रतिसमयमै सजग हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी रहेको बताए ।

अहिले दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु रहेका उनको भनाइ थियो । अध्यक्ष नेपालले देश र जनतालाई हित हुने विषयमा हामीले जोसँग पनि सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : ४२ बजे

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु