१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताएका छन् ।

रौतहट–काठमाडौं सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए ।

कांग्रेससँग प्रतिस्पर्धा, सङ्घर्ष र कहिलेकाहीँ सहकार्य पनि हुने बताउँदै अध्यक्ष नेपालले भने, “सङ्घर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टीलाई अस्वीकार र बेवास्ता गर्ने शक्तिप्रतिसमयमै सजग हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी रहेको बताए ।

अहिले दलाल पुँजीपति वर्ग नेपाली समाजको प्रमुख शत्रु रहेका उनको भनाइ थियो । अध्यक्ष नेपालले देश र जनतालाई हित हुने विषयमा हामीले जोसँग पनि सहकार्य गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : ४२ बजे

संविधान संशोधनको तयारी तीव्र, कार्यदलद्वारा कानुनविद्सँग परामर्श

काठमाडौं । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका-११ भिमटारका बाटुले माझी ४५ वर्षको

संसद् स्थगित गरेको सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं । संसद् अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरेर सरकारले

मुस्ताङमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा टीयू परिसरमा मार्चपास 

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी