८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

भावी सन्ततिका निम्ति जमिनमुनिको जल जोगाउन विज्ञहरूको सुझाव



काठमाडौं । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन् ।

यही चैत ५ र ६ गते राजधानीमा हुन लागेको ‘बर्सादको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा खानेपानी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

पूर्वमन्त्री तथा सम्मेलन आयोजक समितिका सल्लाहकार गणेश साहले भने, “हामीले हाम्रा सन्ततिको भागको जमिनमुनिको पानी पनि तानेर खाइसक्यौं । खोला नदी प्रदूषित गर्यौँ । ताल पोखरी पुरिँदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अब पानी बचत गरौँ ।”

आयोजक समितिका अध्यक्ष तथा स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष इन्जिनियर रामदीप साहले बर्सादको पानीको महत्व, आसन्न सम्मेलनको उद्देश्य, सहभागिता र अपेक्षित उपलब्धिबारे जानकारी दिएका थिए ।

उनले मानिसका हरेक क्रियाकलाप र विकास गतिविधि पानीसँग अभिन्नरूपमा जोडिएको उल्लेख गर्दै भने, “पानी बहुउपयोगी पनि छ तर यस्तो अत्यावश्यक पानी संसारभर समान रूपमा उपलब्ध छैन । जलवायु परिवर्तनका कारण वर्षाको प्रवृत्तिमा आएको परिवर्तनले भइरहेका पानीका स्रोतमा पनि प्रतिकूल असर परिरहेको छ । पानीका मूल सुक्दै गएका छन् । पानीको अभाव हुन नदिन हामीले आफूलाई वर्षभरि चाहिने पानीको जोहो गर्न व्यक्तिगत र सामूहिकरूपमा सोच्नुपरेको छ । पारिवारिक, सामुदायिक, पालिकास्तरीय, प्रदेशस्तरीय र राष्ट्रिय योजना बनाएर जमिनमुनिको पानी बचाउ अभियान कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।”

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनमा यस क्षेत्रमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, विज्ञ र वैज्ञानिक, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थी, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगी हुनेछन् ।

प्राविधिक समितिका अध्यक्ष सुनिलबाबु श्रेष्ठले सम्मेलनको प्राविधिक पक्षमा प्रकाश पारेका थिए। सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन अवधिमा यस क्षेत्रमा आएका नवीनतम् प्रविधिको प्रदर्शनी पनि हुनेछ । इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष हान हाइजनले वर्षात्को पानीलाई उपयुक्त समयमा उपयुक्त स्थानमा सङ्कलन गरेर मानवीय आवश्यकता पूरा गर्न सकिने बताएका थिए । स्मार्ट वास सोलुसन र नेदरल्याण्ड विकास संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेस्टिङ एलायन्सको समन्वयमा सम्मेलन हुन लागेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : २८ बजे

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा

दाङ पुगेर रविले भने- मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब

नेकपा एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

बुटवल । प्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले