१० श्रावण २०८३, आइतबार | July 26, 2026

मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको छ ।

मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न गठित डा। स्वणिर्म वाग्ले नेतृत्वको समन्वय समितिको आइतबार बसेकोे बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो ।

महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने पनि निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रुपमा सहभागी भएका छन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ०९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले