१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मिथिलाञ्चलमा विधिवत् होली पर्व सुरु



महोत्तरी । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका-९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो ।

पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका-९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए ।

होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउँने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुटकिला भन्ने तथा नाटक देखाइनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा