१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव आजदेखि, १२० किलोमिटर यात्रा



जनकपुर । मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु हुँदैछ । फागुन औंसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोसमेत सहभागी हुनेछन् ।

डोलापछि परम्परागत बाजाँगाजासहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागिता हुने गर्छन् । लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्छ ।

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर,भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने सुन्दरसदनका कुट्टीका महन्थ नवलकिशोर शरणले जानकारी दिए ।

नेपालका धनुषा, महोत्तरी तथा भारतको बिहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाउँ समेटने परिक्रमा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । बृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारका परिक्रमा मनाइन्छ ।

मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा अघि भएको साहित्यकार डा.राजेन्द्र विमलले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम