२२ भदौ २०८३, सोमबार | September 7, 2026

चीनका विदेशमन्त्री वाङद्वारा न्युजिल्यान्डको भ्रमण



वेलिङ्टन । चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको दुर्लभ भ्रमण गरेका छन । भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन ।

वाङको यो भ्रमणले न्युजिल्यान्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुआतलाई सङ्केत गर्दछ । सन् २०१७ पछि वाङको यो कुनै पनि मुलुकको पहिलो भ्रमण हो । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रीत हुने अपेक्षा गरिएको छ ।

न्युजिल्यान्डका आफ्ना समकक्षीसँगको भेटअघि राजधानी वेलिङ्टनमा बोल्दै वाङले आफ्नो भ्रमण ताइवान र दक्षिण चीन सागर जस्ता मुद्दामा बेइजिङको आक्रामक अडान अपनाएकाले तनावमा परेको कूटनीतिक सम्बन्धलाई सदृढ बनाउने अवसर भएको बताए ।

“वर्तमान अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा न्युजिल्यान्डका हाम्रा मित्रहरूसँग रणनीतिक सञ्चार सुदृढ बनाउन हामी इच्छुक छौँ”, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँगको बैठकअघि उनले भने, “साथै हामी यस क्षेत्र र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न मिलेर काम गर्नेछौँ ।”

न्युजिल्यान्ड संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य र अस्ट्रेलियासँग फाइब आइज गुप्तचर साझेदारी गठबन्धनको हिस्सा हो । यद्यपि आफ्नो व्यापारिक सम्बन्धलाई आफ्ना सहयोगीहरूको चिन्ताभन्दा माथि राखेर चीनमाथि नरम व्यवहार अपनाएकामा वेलिङ्टनको आलोचना गरिएको छ ।

चीन न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र चिनियाँ उपभोक्ताहरू लामो समयदेखि न्युजिल्यान्डको मासु, मदिरा, दूध र काठमा निर्भर छन् ।

“चीन-न्युजिल्यान्ड सम्बन्ध विकसित मुलुकहरूसँगको चीनको सम्बन्धभन्दा अग्रपङ्क्तिमा रहनेछ”, विदेशमन्त्री वाङले भने, “हामीबीचको सम्बन्ध सुमधुर र राम्रोसँग विकसित भएको छ ।”

यसै साताको अन्त्यमा वाङले क्यानबेरामा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङसँग भेट गर्नेछन । चीन र अस्ट्रेलियाले हालै व्यापार विवादहरूको एउटा शृङ्खलाको समाधान गरेका छन् । क्यानबेराले फाइब जी सम्झौताबाट हुवावेलाई प्रतिबन्ध लगाएको र कोभिड-१९ को उत्पत्तिको जाँचको आह्वान गरेको जवाफमा बेइजिङले सन् २०२० मा प्रमुख निर्यातहरूमा शुल्क र व्यापार अवरोध लगाएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ५७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा