२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

प्रधानमन्त्री प्रचण्डसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट



काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

“नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।”

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए ।

भेटमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ४४ बजे

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या