२९ बैशाख २०८१, शनिबार | May 12, 2024

युरोप पुगेर प्रमुख दाहालले बाँडिन् भरतपुर भ्रमण वर्षको निम्तो



चितवन । पुरस्कार ग्रहण गर्न बेलायत पुगेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो बाँडेकी छन् ।

उनले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिएकी हुन् । यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उनले निम्ता दिएकी छन् ।

प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग भेट गरी भ्रमण वर्ष सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको बताइन् ।

दाहाल ती देशका गैरआवासीय नेपाली सङ्घलगायतका सङ्घसंस्थाहरूका कार्यक्रममा सहभागी भएकी छन् । उनी युरोपमा रहँदा नेपाली सङ्घसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइन् । ती कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आफूले आग्रह गरेको उनले जानकारी दिइन् ।

उनले युरोपियन पर्यटकलाई नेपाल आउने वातावरण सिर्जना गर्न र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिन् । दाहालले ती देशका सिटी काउन्सिलका प्रतिनिधिसँग पनि भेट गरेकी छन् । रोयल बरो अफ ग्रिन ह्वीच सिटीका उपप्रमुख जित रानाभाट र रुसमुर बरो काउन्सिलका काउन्सिलर धन सार्की तथा नेम थापासँग पनि भेट गरेर भ्रमण वर्षका बारेमा कुराकानी भएको दाहालले बताइन् । सोही क्रममा उनी अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैरआवासीय नेपाली सङ्घ बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी भइन् ।

यस्तै स्पेनमा गरिएको ‘राजनीति र कूटनीतिमा नेपाली महिला’ विषयक कार्यक्रममा उनी सहभागी भइन् । सो कार्यक्रममा उपस्थित भएकाहरूलाई पनि भ्रमण वर्षको निम्तो दिइएको थियो । यस्तै नेपाली जनप्रगतिशील मञ्च युरोपको पाँचौँ महाधिवेशनको उद्घाटन र स्पेनको चौथो घोषणासभामा उनले भ्रमण वर्षको निम्तो दिइन् ।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्तवपूर्ण पर्यटकीयस्थलका बारेमा जानकारी गराउन आग्रह गरेकी थिइन् । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने लक्ष्य लिएको छ ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोह सम्पन्न गरेर दाहाल बेलायत गएकी थिइन् । देशकै मुख्य कार्यक्रमको झल्को दिनेगरी ऐतिहासिक उद्घाटन गर्न सफल दाहाल उत्कृष्ट ‘मेयर अवार्ड’ ग्रहण गर्न बेलायत गएकी हुन् ।

बेलायतको संसद् भवन हाउस अफ कमन्समा लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम, बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनरलगायतका उच्च अधिकारीहरूबाट दाहालले अवार्ड लिएकी हुन् ।

नेपालका पालिकाहरूमा भौतिकसँगै अन्य विकासका सूचकमा अग्रणी रहेको भरतपुरले घोषणा गरेको भ्रमण वर्षको प्रचार अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन आफ्नो भ्रमण सफल रहेको दाहालले बताइन् । उनले भनिन्, “युरोपका देशहरूमा त्यहाँका नागरिक र गैरआवासीय नेपालीहरूलाई प्रत्यक्षरूपमा निम्तो दिने अवसर प्राप्त भयो ।” निम्तो दिएर फर्किँदै गर्दा आफूमा थप ऊर्जा पैदा भएको उनले बताइन् । विकास निर्माणमा आफू जुटेकै कारण अन्तर्राष्ट्रिय जगत्मा रहेका नेपालीहरूले समेत आफूलाई उच्च सम्मान दिएको उनले प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : २७ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल