२ पुस २०८२, बुधबार | December 18, 2025

राज्यव्यवस्था समितिलाई सूर्यदर्शन सहकारी पीडितको प्रश्न – जीवी राईलाई कसले संरक्षण गरेको छ ?



काठमाडौं। कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरुको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले दिएको निवेदनमा आफूहरुको निक्षेप फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

बिहीबार समिति सभापति रामहरि खतिवडालाई बुझाएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरु सबै पक्राउ नपरेकाले आफूहरुलाई न्याय दिलाउन माग गरिएको छ ।

सूर्यदर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ निक्षेप फिर्ता गर्नुपर्ने भए पनि दुई वर्षयता एक रुपैयाँ पनि फिर्ता पाउन नसकेको, न्यायका लागि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि ठगीमा संलग्न सबै पक्राउ नपरेको उल्लेख गरिएको निवेदनमा लेखिएको छ, ‘गितेन्द्रबाबु (जिबी) राई राईलगायत एउटा सानो समूहले हजारौँ पोखरेली जनताको करोडौँ रुपैयाँ हिनामिना गरी सबै बचतकर्तालाई अलपत्र पारेर फरार रहेका छन् । सडकदेखि सदनसम्म ठगीको चर्चा भइरहँदा र डिफ्युजन नोटिस जारी हुँदा पनि सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन्,’ निवेदनमा भनिएको छ, ‘यिनीहरूलाई हाम्रो कुन राज्यव्यवस्थाले संरक्षण दिइरहेको छ ? हामीलाई यसको जवाफ चाहियो साथै, यो प्रकरणमा संलग्न जोकोहीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिनुपर्यो ।’

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ३ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल