७ बैशाख २०८३, सोमबार | April 20, 2026

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम



काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।

कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।

तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरुको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरुलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्ट सामग्रीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

कलेजले आफ्ना स्वास्थ्यकर्मीहरुलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समयसमयमा यस्ता तालिमहरु नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय कलेज विरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा गएसँगै स्वास्थ्य सेवालाई सुधार्दै चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका तालिमहरु पनि सञ्चालन गर्न थालिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : ०७ बजे

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज