५ बैशाख २०८३, शनिबार | April 18, 2026

बजेट अभावमा अस्पताल निर्माणमा विलम्ब



कैलाली । जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणको काममा विलम्ब भएको छ ।

बजेट अभावका कारण भवन निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवन निर्माणका लागि सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताए ।

चालु आर्थिक वर्ष २०८०-८१ मा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको बताउँदै उहाँले बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि निकासा नभएको जानकारी दिए।

गत मङ्सिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र परेको हो । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्षका लागि थप गरिएको छ ।

निर्माण कम्पनीलाई पालिकाले रु एक करोड पेस्की दिएकोमा त्यसपछिको कामको भुक्तानी दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्पताल जगसहित जमिनमुनिको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउन बजेट नआएकाले ढिलो भएको छ । मोहन्याल गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि लम्की, धनगढी र नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ ।

प्रत्येक पालिकामा १० श्ययाको अस्पताल बनाउने सरकारको कार्यक्रमअनुसार मोहन्याल गाउँपालिका–६, सोल्टामा अस्पताल निर्माणको काम अगाडि बढाइएको थियो । अस्पताल भवन निर्माणका लागि प्रशंसा जेभीसँग रु छ करोडमा ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : १६ बजे

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले