२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपालगन्जमा जारी मेला बाँके प्रशासनबाट एकदिन संचालन नगर्न आदेश



नेपालगन्ज । होलीको सुरक्षालाई ध्यानमा राख्दै नेपालगन्जमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम पर्यटन महोत्सवलाई स्थानीय प्रशासनले एकदिनका लागि रोक लगाएको छ । होलीको निहुमा हुन सक्ने शान्तिसुरक्षा खलललाई नियन्त्रण गर्न भन्दै प्रशासनले मेला संचालनमा एक दिन रोक लगाएको हो ।

होलीलाई उल्लासमय बनाउन सुरक्षा व्यवस्थालाई सवल सुदृढ तुल्याउन चैत्र १२ गते एक दिनका लागि मेला संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनामा उल्लेख छ ।

‘महोत्सवकै दौरान तराइमा भन्यता र उल्लासमय वातावरणमा मनाइने रंगहरूको पर्व फागु पुर्णिमा (होली पर्व) समेत पर्न गएकोले उक्त पर्वका दिन सुरक्षा व्यवस्थालाइ सवल एवं सुवृढ तुल्याइ सार्वजनिक शान्ति र व्यवस्था भरपर्दो र विश्वसनीय वनाउन जिल्ला सुरक्षा समिति वाँकेको निर्णय अनुसार उक्त पर्वको दिन अर्थात २०८० चैत्र १२ गते एक दिन मेला संचालन नगर्न नगराउनु हुन सरोकारवाला सबै पक्षलाइ अनुरोध गरिसकिएको ब्यहोरा सवैमा जानकारी गराइन्छ ।’ प्रशासनले जारी गरेको सूचनामा लेखिएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १ : २३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका