२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

पुलिसलाई हराउदै लुम्बिनी प्रदेशको एभरेष्ट बन्यो महिला भलिबल च्याम्पियन



काठमाडौं । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने एभरेष्ट भलिबल क्लबले एनभिए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३-१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाल पुलिस डिफेन्डिङ च्याम्पियन समेत हो ।

नेपाल पुलिसले पहिलो सेट जितेपनि त्यसपछिका तिनै सेट एभेरेस्टले जितेर उपाधि कब्जा गरेको थियो । एभरेष्ट क्लबमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित रहेका थिए ।

यो जितसँगै एभरेष्ट भलिबल क्लबले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख नगद पुरस्कार पाएको छ ।

यस अघि शुक्रबार सम्पन्न तेस्रो स्थानको खेलमा विभागीय टिम एपीएफ विजयी भएको थियो । एपीएफले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो भएको एपीएफले एक लाख २५ हजार पाएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २६ बजे

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर

पूर्वन्यायाधीशको निधन भएपछि सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन्

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार

बुटवलमा वैधानिक मेडिकल खोलेर अवैधानिक औषधी बेच्ने फार्मेसी संचालक पक्राउ

बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक