२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

सुन तस्करी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न गृहले बनायो अर्को समिति



काठमाडौं । सुन तस्करी प्रकरणमा गठन भएको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न गृहले अर्को समिति गठन गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा आयोगबाट कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही कार्यान्वयन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको हो ।

जाँचबुझ आयोगको कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप अनुसन्धानरछानबिन र कारबाहीका लागि गहमन्त्रालयले अर्को समिति बनाएको जनाएको छ ।

कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका जानकारी दिए । उनका अनुसार समितिमा रिजालसँगै नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहेका छन् ।

रिजाल नेतृत्वको समितिलाई उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने गृहमन्त्रालयलाई सिफारिस गर्ने जिम्मेवारी तोकिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

‘जाँचबुझ आयोगले चार प्रहरी अधिकारीलाई विभागीय कारबाही गर्नुपर्ने भन्ने सिफारिस गरेको भएपनि कारवाहीको प्रबृत्ति भने सिफारिस गरेको थिएन ।

गत चैत १ गते गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो ।

जसअनुसार विभागीय कारबाहीका लागि सिफारिस भएका चारै जनालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सरुवा समेत गरिएको छ भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षकलाई हटाइएको छ ।

इन्स्पेक्टर सुरेश खत्री र रन्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ भने वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा र इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ । उनीहरुले सुन तस्करीका मुख्य अभियुक्त अछामको जीवन चलाउनले बयान गराएर पनि भगाएको आरोप जाँचबुझ आयोगले लगाएको छ ।

गत २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि छुट्टै स्वतन्त्र आयोग बनाउने माग राख्दै संसद अवरुद्ध भएपछि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

समितिमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृहमन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १ : ११ बजे

पोखरा महानगरको छानबिनमा रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लिएको पुष्टि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ