५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

तिलोत्तमा स्तरीय खुल्ला सहकारी भलिबलको उपाधि आयोजक पञ्चमी सहकारीलाई



तिलोत्तमा । पञ्चमी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा ८ को आयोजना रहेको तिलोत्तमा स्तरीय खुल्ला सहकारी भलिबलको उपाधि आयोजकले जितेको छ । अन्तिम तथा फाइनल प्रतिस्प्रर्धामा मिफुरुङ्ग कुषि सहकारी संस्था लिमिटेडलाई २-० को सोझो सेटमा हराउदै आयोजकले उपाधि कब्जा गर्न सफल भएको हो ।

उपाधीसँगै आयोजक पञ्चमी सहकारीले नगद स् १० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको मिफुरुङ्क कुषि सहकारी संस्था लिमिटेडले नगद स् ७ हजार ५०० सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि तृतीय स्थानमा चित्त बुझाएको विजयज्योति ऋण सहकारी संस्था लिमिटेडले नगद रु ५ हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका मिफुरुङ्क सहकारीका गुप्त बहादुर सारु उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएको खेल संयोजक रमाकान्त भूषालले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले खेल क्षेत्र मै लागेर नाम, दाम र सम्मान प्राप्त गर्ने अवस्था रहेकाले पछिल्लो समय खेलकुदको महत्व झनै बढेर गएको बताए ।

मेयर खाँडले सहकारीहरु बीच आपसी सम्बन्ध बिस्तार गर्न पचमी सहकारीले आयोजना गरेको प्रतियोगिता फलदायी साबित भएको बताउदै प्रतियोगिताका आगामी संस्करणमा तिलोत्तमा नगरले समेत सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

समापनका अवसरमा अध्यक्षको तर्फबाट मन्तब्य दिदै कार्यक्रमका सभापति समेत रहेका मोहनराज शर्माले स्वस्थ मन, स्वस्थ शरीर तथा देश र समग्र समाजको विकाशका लागी प्रगियोगिता आयोजना गरिएको जानकारी दिए ।

समापन कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, संस्थाका उपाध्यक्ष विन्दु भण्डारी, खेल संयोजक रमाकान्त भूषाल समेतको सहभागिता रहेको कार्यक्रममा प्रतियोगिताका विजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका मेयर रामकुष्ण खाँड तथा संस्थाका अध्यक्ष मोहनराज शर्मा लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । समापन कार्यक्रमको सन्चालन पचमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक लिलामणि ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १ : ५७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन