४ श्रावण २०८३, सोमबार | July 20, 2026

पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली



पोखरा । देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेवान० पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर रमाएका हुन् ।

विभिन्न देशका पर्यटकहरुले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे । होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत–सङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए ।

पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।

रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताए । रेवानले एक दशकअघि देखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको उनले बताए । उनले भने, “स्वदेशी मात्र होइन विदेशी पर्यटक होलीमा रमाउने गरेका छन् । कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका पछि सारेर होलीका लागि बस्ने गरेका छन् ।”

चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत–सङ्गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागू पूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको गन्तव्य पोखरा बनेको बताए । होलीका लागि देशका विभिन्न भागबाट पर्यटक यहाँ आएको उनले जानकारी दिए । होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ । यहाँ भएका विदेशी मात्र होइन, स्वदेशी आउने गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : २० बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित