४ श्रावण २०८३, सोमबार | July 20, 2026

बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइयो, सुरु भयो होली पर्व



काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै रङ्गहरूको पर्व होली औपचारिक रूपमा सुरु भएको छ ।

परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । सोही परम्परा अनुसार मंगलबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याउँदै होलीको सुरुआत गरेका हुन् । उनीहरूले एकअर्कालाई अबिर दल्दै पर्व सुरु भएको सन्देश समेत दिएका थिए ।

यसै अवसरमा पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबारको सुन्दरीचोक तथा कृष्ण मन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली प्रारम्भ भएको जनाउने परम्परा निभाइएको छ ।

यस वर्ष होली पर्वको मुख्य दिन फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र फागुन १९ गते तराईरमधेशका जिल्लामा परेको छ । यी दिनहरूमा सम्बन्धित क्षेत्रमा सार्वजनिक बिदा समेत दिइएको छ ।

बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्षोल्लास व्यक्त गरेको थियो । चीर ठड्याइएको दृश्य अवलोकन गर्न स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले एकअर्कालाई अबिर दल्दै होलीको खुसी साटासाट गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ०० बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री