२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सय वर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा नदेखिने



काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिँदैन, चन्द्रग्रहण समय सय वर्षपछि होलीमा चन्द्रग्रहण लाग्दैछ ।

यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।

आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ ।

चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराइ मधेसमा होली पनि मनाइन्छ ।

शास्त्रमा चन्द्रग्रहणको दिनलाई अशुभ मानिएको छ । यस दिन नकारात्मक शक्ति बढी सक्रिय हुने जनविश्वास रहेको छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ, आउनुहोस् जानौं ।

मिथुन : चन्द्र ग्रहणको अवधिमा मिथुन राशिका व्यक्तिहरूले आर्थिक बल प्राप्त गर्नेछन् । यस राशिका व्यक्तिहरूले जुनसुकै क्षेत्रमा लगानी गर्दा मनग्य लाभ मिल्नेछ । साथसाथै उनीहरुको जीवनमा पनि खुसी रहनेछ । साथै, विद्यार्थीहरूले अध्ययनमा लाभ प्राप्त गर्नेछन् ।

सिंह : सिंह राशिका लागि ग्रहण शुभ रहनेछ । यो राशिका व्यक्तिहरूले नयाँ घर र कारमा लगानी गर्न सक्छन् । साथै, तिनीहरूको आर्थिक अवस्था बलियो हुनेछ । दाम्पत्य जीवनमा मधुरता रहनेछ। यसबाहेक लामो समयदेखि अधुरा रहेका कामहरू पनि पूरा हुनेछन् । यस्तो अवस्थामा यस राशिका व्यक्तिले भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुपर्छ ।

धनु : धनु राशिका लागि आजको दिन लाभदायी रहनेछ । यस दिन देवी लक्ष्मीको विशेष कृपा हुने र आफूले लगानी गरेको क्षेत्रमा सफलता मिल्ने जनविश्वास रहेको छ । साथै आर्थिक कठिनाइ पनि हट्नेछ । यस्तो अवस्थामा यस दिन धनकी देवीको आशीर्वाद अवश्य लिनुहोस् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : १७ बजे

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका