२० असार २०८३, शनिबार | July 4, 2026

आज राति नेपालसहित एसियाका देशहरूबाट खग्रास चन्द्रग्रहण लाग्दै



काठमाडौं । आज आइतबार राति आकाशमा खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, राति १०:११ बजे ग्रहण प्रारम्भ (स्पर्श) भएर १:४१ बजे मोक्ष (अन्त्य) हुने छ । यस अवधिभरमा चन्द्रमा पूर्णरूपमा पृथ्वीको छायामा पर्नेछ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, चन्द्रग्रहणको महत्वपूर्ण चरणहरू यसप्रकार छन् : राति ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य र १२:३८ बजे उन्मीलन हुनेछ । कुल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि भने ३ घण्टा ३० मिनेट रहनेछ ।

यो खग्रास चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशमा शुरूदेखि अन्त्यसम्म अवलोकन गर्न सकिनेछ । त्यस्तै अन्य महादेशका केही भागहरूमा पनि आंशिक रूपमा देखिनेछ ।

पञ्चाङ्ग समितिका ज्योतिषशास्त्रीहरूले ग्रहणको खगोलीय पक्षबारे जानकारी दिँदै सूर्यग्रहण प्रायः औंसीका दिन लाग्ने र चन्द्रग्रहण भने पूर्णिमामा मात्र लाग्ने प्राचीन मान्यता रहेको बताए । आज भाद्र शुक्ल पूर्णिमा भएकाले खग्रास चन्द्रग्रहण देखिन लागेको हो । उनीहरूले आगामी फागुन १९ गते फागु पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी दिएका छन् ।

वैज्ञानिक दृष्टिले चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले अवलोकन गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने विशेषज्ञहरूले स्पष्ट पारेका छन् । पृथ्वीको छायाले चन्द्रमा ढाक्ने खगोलीय प्रक्रियालाई सहज रूपमा अवलोकन गर्न सकिने भएकाले यो प्राकृतिक घटना विद्यार्थी, खगोलप्रेमी र सर्वसाधारण सबैका लागि शैक्षिक र रोचक हुने अपेक्षा गरिएको छ ।

नेपालमा आज राति हुने यो चन्द्रग्रहण मौसम अनुकूल भए देशभरका आकाशबाट स्पष्ट रूपमा देख्न सकिने सम्भावना छ । विशेषगरी ग्रामीण क्षेत्र तथा प्रकाश प्रदूषण कम भएका ठाउँबाट ग्रहण अवलोकन गर्दा अझ प्रभावशाली देखिने खगोलविद्हरूको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ८ : ०२ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली