१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा



बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नेछन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ०० बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी