१९ असार २०८३, शुक्रबार | July 3, 2026

ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थलमा निग्रोधाराम उत्सव



लुम्बिनी । ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थलमा निग्रोधाराम उत्सव मनाईएकोछ । बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरि पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले उत्सव गरिएको हो ।

गच्छामी मिडिया गु्रप र रेडियो टुरिजमद्वारा आयोजित उत्सवमा प्रमुख अतिथि श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले यो पवित्र स्थलको धार्मिक र ऐतिहासिक महत्व श्रीलंकामा निक्कै मानिने हुदा यहा आएर माटो छुन पाउदा आफू भाग्नमानी भएको बताए । यो ठाउको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनु पर्ने बताए । यस्को विकासकालगि आफू र श्रीलंकाली सरकार सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा भारतकालागि पूर्व राजदूत दीपकुमार उपाध्यायले सबैलाई दया, माया करुणा र आस्था जगाउने ठाउका रुपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीकालागि एउटा छुट्टै महत्व बोकेको बताए ।

थेरबाद र महायानी परम्परा अनुसार भिक्षु, लामागुरुले च्यान्टिङ गरि उत्सव सुरु गरिएको थियो । उत्सवमा स्थानीय लोक संस्कृति र बाजा बजाईएको थियो । राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राजधानी फर्किदाको अवस्था चित्रण गरि लघु नाटक प्रर्दशन गरिएको थियो ।

कपिलवस्तु नगरपालिका–२, कुदान स्थित निग्रोधाराममा बुद्धले ज्ञानप्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा फागुन पुर्णिमाका दिन मातापितासंग निग्रोधाराममा भेटघाट गरेका थिए । उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो ।

उत्सवमा मैंत्रीभाव र सद्भाव प्रदान गर्न फुल आदान–प्रदान साटासाट गरिएको थियो । साझ ७ सय ७७ वटा द्विप प्रज्ज्वलन गरिएको थियो । होलीको शुभकामना साटासाट गर्दै अविर रंग पनि लगाईएको थियो । श्रीलंकाली राजदूत दम्पत्तीले पनि रंगअविर लगाएर खुसीयाली साटासाट गरेका थिए । साझ शान्तिकालागि ३ वटा फलाईङ लालटेन उडाईएको थियो । अवधी संस्कृति बोकेको गोझिया, गुलगुला र नमकिन खाजा खुवाईएको थियो ।

लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाडेकाजीले कपिलवस्तुमा नया“ पर्यटकीय आकर्षणका धेरै संभावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाईएको बताए । बुद्धले ज्ञानप्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा फागुन पुर्णिमाका दिन निग्रोधाराममा मातापितासंग भेटघाट गरेका थिए ।

‘बुद्धले बुद्धत्व प्राप्त गरेपछिको यो क्षण विश्वकैलागि महत्वपुर्ण हो’ पाडेकाजीले भने, ‘त्यही खुसीयालीको क्षण अनुभूति गर्न उत्सव आयोजना गरिएको हो ।’ विस्तारै यो नौलो र स्थापित पर्यटकीय गन्तब्य बन्छ उनले भने । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, लुम्बिनी विकास कोषका बोर्ड सदस्य रामनरेशप्रसाद कोहार, कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोषका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राई, सूचना राजन बस्नेत, गच्छामी मिडिया ग्रुप अध्यक्ष मनोज श्रीवास्तव र ग्रुपका निर्देशक खगप्रसाद चापागाईले पनि बोलेका थिए ।

फोटो प्रदर्शनी

उत्सवकै अवसरमा सम्पदामा धनी कपिलवस्तु विषयक तस्बिर पनि प्रर्दशन गरिएको थियो । बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधारामका मनमोहक र रोमाञ्चक तस्बिर प्रर्दशन गरिएको थियो । प्रर्दशनीमा तराईका मानवीय जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र खुला आकाशसंगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरी दोस्रो, तेस्रो र चौथौं तथा गुर्जा हिमालका चित्ताकर्षक तस्विर प्रर्दशनी बुद्धस्थल निग्रोधारामा गरिएको थियो ।

फोटोपत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मनछुने र चित्ताकर्षक १९ तस्बिर प्रर्दशनीमा राखिएको थियो । २० वाई ३० ईन्च साईजको फोटो फलामको फ्ल्याकमा राखिएको थियो । पर्यटन प्रबद्र्धन गर्दै तस्बिर खिच्न अभिप्रेरित गर्न खुला फोटो प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्राप्त भएका ६ तस्बिर मध्ये उत्कृष्ट एक तस्बिरलाई पुरस्कार प्रदान गरिएको थियो ।

तौलिहवाका विकास पोखरेलले खिचेको तस्बिरले उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । पोखरेललाई श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : २० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले