६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

गृहमन्त्रीलाई सांसद बडूको प्रश्न – सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?




काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् रु भन्दै प्रश्न गरेका छन् ।

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् ।

उनले भने- ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो रु छानबिनको कुरा होला रु त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो रु नाम मात्रै संयोगले मिलेको हो कि रु हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।’

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे । उनले भने- ‘यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?’

सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन भन्ने देखाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : २५ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन