१० श्रावण २०८३, आइतबार | July 26, 2026

केन्द्र र प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय



धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रको सत्ता गठबन्धनलाई केन्द्र र प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । आजको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्य मध्ये १२ जना उपस्थित रहेको बताइएको छ ।

अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो ।

संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।

त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् ।

अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन ।

केहि समय अघि पार्टीमा श्रीमान श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेको गुनासो पोखेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : २९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले