३० असार २०८२, सोमबार | July 14, 2025

नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ सँग आज प्रतिस्पर्धा गर्दै



काठमाडौं । नेपाल टूरमा रहेको आयरल्यान्ड ‘ए’ क्रिकेट टिमसँग नेपाल ‘ए’ ले आज पहिलो टी-२० अभ्यास खेल्दै छ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ ।

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

नेपाल ए को कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो । नेपाल ए को टी-२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् ।

नेपालको टी-२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

आयरल्यान्ड ए को टोली : निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४० बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

नेपालगन्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको

३५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा