२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ सँग आज प्रतिस्पर्धा गर्दै



काठमाडौं । नेपाल टूरमा रहेको आयरल्यान्ड ‘ए’ क्रिकेट टिमसँग नेपाल ‘ए’ ले आज पहिलो टी-२० अभ्यास खेल्दै छ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ ।

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

नेपाल ए को कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो । नेपाल ए को टी-२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।

चोटका कारण २०२२ पछि टोलीमा फर्किएका तीव्र गतिका बलर कमलसिंह ऐरीका लागि निकै महत्वपूर्ण हुनेछ । घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका दुई युवा हिटर अर्जुन घर्ती र नारायण जोशी पनि छनोटकर्ताको नजरमा हुनेछन् ।

नेपालको टी-२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

आयरल्यान्ड ए को टोली : निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४० बजे

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं