१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ। सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

परिषद्‌मा अध्यक्ष प्रचण्ड, सदस्यहरुमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ,उप सभामुख इन्दिरा राना छन् । प्रधानमन्त्रीसँग प्रधानन्यायाधीश बाहेक सबै सदस्य सत्ता गठबन्धन भित्रका छन् ।

चैत १८ गतेका लागि बोलाइएको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ ।

एमालेसहितको गठबन्धन बनेपछि पहिलोप टक परिषद्को बैठक बस्न लागेको हो ।

फेरिएको संरचना

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्‌मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ ।

परिषद्को नयाँ संरचनामा कांग्रेसले प्रवेश पाएको छ भने एमाले पृष्ठभूमिका पदाधिकारीको संख्या घटेको छ ।

यसअघि सत्तापक्षमा हुँदा पनि कांग्रेसको प्रतिनिधित्व संवैधानिक परिषद्‌मा थिएन । बरू एमाले पृष्ठभूमिबाट तीन सदस्य थिए । विपक्षी दलको नेताका हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

तर, अब ओली र तिमिल्सिना बैठकमा हुने छैनन् । विपक्षी दलका नेताका रूपमा अब संवैधानिक परिषद्‌मा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनेछन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन् ।

संवैधानिक परिषद्‌मा कांग्रेस प्रवेश गरेको र एमालेको उपस्थिति घटेको भए पनि निर्णायक भने एमाले हुनेछ । हालको सत्ता गठबन्धनमा सबैभन्दा ठूलो दल एमाले नै भएकाले उसको कुरा प्रधानमन्त्रीले काट्ने छैनन् । ६ सदस्यीय परिषद्‌मा ४ जना सत्ता गठबन्धनकै छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ८ : ०० बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौं । आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो

आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न दुवै टिममाथि जित्नै पर्ने दबाब

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१