२ असार २०८२, सोमबार | June 16, 2025

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता भएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : ०५ बजे

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन

धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा

काठमाडौं । तीनकुने घटनामा मुछिएका राप्रपाका सांसद धवलशम्शेर राणा तीन

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजमा

बजेटका कारण कांग्रेस र एमालेबीचको सहकार्यमा असर पर्दैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको