२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान मृत अवस्थामा फेला परेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मैनाबगरदेखि पश्चिमतर्फ अवस्थित पाखापानीमा रहेको कल्भर्टमुनि अन्दाजी ४०/४१ वर्षीय सन्तोष नेपाली रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

बिहीबार बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नेपाली बिहान उठेर घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रनाउ पण्डितले बताए ।

बुटवल उपमहानगरपालिका वडा-११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  २ : १२ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला