९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै



धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो । यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो ।

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन् । उपाधिका निम्ति भोलि चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २-१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल जित्नेलाई नगद रु १० लाख र उपविजेतालाई रु पाँच लाख प्रदान गरिनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ३५ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय